बीस लाख किसानलाई परिचयपत्र वितरण गरिने – Nepal Press

बीस लाख किसानलाई परिचयपत्र वितरण गरिने

मङ्गलबारे (इलाम) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् ।

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताए ।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त  बजेट विनियोजन हुनुपर्ने बताए ।

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले  पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट गरिएको जानकारी दिए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर