पीकेमा नेविसंघका आधिकारिक उम्मेदवार हराउँदै स्वतन्त्र उठेकी ऐरको प्यानलै निर्वाचित

२०८१ चैत ७ गते २३:२८

काठमाडौ । नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएका छन् । ऐरले ७३० मत पाएकी छन् ।
नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन् ।
यस्तै सचिव संन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् ।
यस्तै सदस्यहरु उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४, र यानसु कटवलाले ६७२ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर