चितवनमा स्वतन्त्रबाट स्ववियू सभापति जितेका प्रज्ज्वल क्रान्तिकारीमा प्रवेश, प्रचण्ड-रेनुले गरे स्वागत – Nepal Press

चितवनमा स्वतन्त्रबाट स्ववियू सभापति जितेका प्रज्ज्वल क्रान्तिकारीमा प्रवेश, प्रचण्ड-रेनुले गरे स्वागत

काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहालले स्वागत गरे ।

उनले सामाजिक सञ्जालमार्फत आफू क्रान्तिकारीमा प्रवेश गरेको बताएका छन् ।

स्ववियू निर्वाचनमा आफूलाई अध्यक्षमा विजयी गराएकोमा सबैलाई धन्यवाद दिँदै उनले स्ववियू सभापतिका रुपमा रहेर क्याम्पसको हितका लागि अखिल क्रान्तिकारीमा समाहित भएको बताएका छन् ।

क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसारनै काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

अधिकारीले ७८ भोट ल्याएर जित्दा प्रतिद्वन्द्वी अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत ल्याएका थिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर