प्रचण्डको बधाई थाप्दै महेन्द्र मोरङका सभापति रोहितले भने- तपाईँले खुट्टा टेक्नेबित्तिकै मलाई जितको महसुस भइसकेको थियो – Nepal Press

प्रचण्डको बधाई थाप्दै महेन्द्र मोरङका सभापति रोहितले भने- तपाईँले खुट्टा टेक्नेबित्तिकै मलाई जितको महसुस भइसकेको थियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  महेन्द्र मोरङ आदर्श बहुमुखी स्ववियु सभापति जितेका रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् ।

अखिल क्रान्तिकारीबाट स्ववियु सभापति जितेर इतिहास रचेका यादवले प्रचण्डले बिहीबार राति फोन गरेर बधाई दिएका हुन् ।

प्रचण्डले कजेलमा खुट्टा टेक्दा नै जितको महसुस भएकाे बताएका  थिए ।  उनले कुराकानीकाे क्रममा भने,’त्यो पालिको चुनावको अगाडि पनि हाम्रो सम्मेलनको बेला ल्याउन खोजेको थिए । समय मिलेन यो पालि तपाई खुट्टा टेक्ने बेलामै त्यतिबेला मलाई जितको महसुस भएको थियो ।’

प्रचण्डले यादवलाई धन्यवाद दिँदै इतिहास बनेकाे बताए ।  प्रचणडले भने,’जेहोस एउटा इतिहास बनेको छ। महेन्द्र मोरङमा देशभर एउटा निकै राम्रो सन्देश गइसक्यो । अब हामी भोलि धेरैराम्रो गर्न सक्ने आधार बन्यो । ल बधाई छ भेटेर कुरा गरौंला है ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर