एसईई : सुकुना माविबाट ६ जोडी जुम्ल्याहाले परीक्षा दिँदै


इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ६२६ जना परीक्षार्थी सहभागी छन् । यो संख्या कोशी प्रदेशमा कुनै एक विद्यालयबाट सहभागी परीक्षार्थीहरूको सबैभन्दा धेरै हो । विद्यालयले जम्मा १२ वटा सेक्सनमार्फत उनीहरुलाई पठन पाठन गराउदै आएको थियो ।
प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतका अनुसार यहाँबाट ६ जोडी जुम्ल्याहा विद्यार्थीहरूले एकैपटक परीक्षा दिदै गरेको संयोग परेको छ । प्रधानाध्यापक बस्नेतका अनुसार नियमिततर्फ ५ जोडी छन् । छात्रा २ जोडी, ३ जोडी छात्र । प्राइभेटतर्फका १ जोडी छात्र र छात्रा छन् ।
करिब ४५ सय विद्यार्थी अध्यनरत यस विद्यालय देशकै उत्कृष्टको सूचीमा पर्न सफल छ । यहाँ १ देखि १२ कक्षासम्म पढाइ हुन्छ ।