जातिय विभेदको घटनाहरुको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आयाेगको माग


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जातिय विभेदको घटनाहरुको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
६० औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोग एक विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो ।
जातीय विभेदका सबै घटनाहरुकाे सूक्ष्म अनुसन्धान गरी दाेषीहरुलाई कानूनी दायरामा ल्याउन, पीडितकाे न्यायमा पहुँच सुनिश्चित गर्न समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछुतसम्बन्धी घटनालाई निर्मूल गर्न आयाेगकाे माग छ ।
साथै, जातीय विभेदमुक्त वातावरणकाे सुनिश्चित गर्न तथा जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी सन्धिजनित समितिले नेपाललाई दिएकाे सुझावकाे कार्यान्वयनमा गम्भीर हुन आयाेगले तीनै तहका सरकारलाई आग्रह समेत गरेकाे छ ।