एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा

२०८१ चैत ८ गते १३:२७

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।
महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसाय रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर