६० लाख धरौटी माग्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन – Nepal Press

६० लाख धरौटी माग्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन

काठमाडौंको । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा ६० लाख धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गरेका छन् ।

गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम पाटन उच्च अदालतमा निवेदन गरेका हुन् ।

पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने हरिहर भवन आउने जानकारीपछि रास्वपाका नेता-कार्यकर्ता अदालत बाहिर जम्मा भएका थिए ।

चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा माघ २४ गते ५४ लाख धरौटी मागेको मुद्दामा पनि उनले पुनरावेदनको तयारी गरेका छन् । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको धरौटी आदेशविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।

पर्साको सानो पाइला सहकारी बचत अपचलनको मुद्दामा लामिछानेविरुद्ध अनुसन्धान जारी छ । मुद्दा भने दर्ता गरिसकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर