शेखर दाइले लिएको अगुवाइमा मीनेन्द्र र एनपी दाइको पनि साथ छ : गुरु घिमिरे


काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले केही व्यक्तिहरूले पार्टीलाई आफ्नो नीति स्वार्थको रूपमा प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसलाई सरोकारी पार्टी बनाउने अग्रता नेता डा. शेखर कोइरालाले लिएको बताए ।
उनले भने, ‘पार्टीलाई सीमित व्यक्तिहरूको बनाउने, आफ्नो नीति स्वार्थ पूरा गर्ने साधन बनाउने चाहनेहरूको हिसाब बिग्रिनेवाला छ । हाम्रो त अगाडि बिग्रिसक्यो अब अरुको बिग्रिनेवाला छ । यो पार्टीलाई सरोकारी पार्टी बनाउने अग्रता शेखर दाइ लिनुपर्छ छ । यहाँ मीनेन्द्र र एनपी दाइ हुनुहुन्छ । गोविन्द दाइ पनि आउनुभएको छ ।’
उनले गणतन्त्र स्थापनापछि अहिलेसम्म जनताले अपेक्षाअनुसार काम गर्न नसकेको कारणले जनतामा बढ्दो असन्तुष्टिमा राजावादीहरूले खेल्न खोजेको बताए ।