धनुषामा तस्करीको समान समात्न प्रहरीले गोली चलायो

२०८१ चैत ८ गते १४:४९

सांकेतिक तस्बिर ।
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्नियामा तस्करीको सामान समात्न प्रहरीले गोली चलाएको छ ।
भारतसँग सीमा जोडिएको पालिका हो, मुखियापट्टी मुसहर्निया । तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास भएपछिगोली चलाएको प्रहरीको भनाइ छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले गोली चलेको सुनेको तर डिटेल नआएको बताए ।
उनले भने, ‘लिखित डिटेल आएपछि जानकारी गराउँछौं ।’
प्रतिक्रिया
सम्बन्धित खवर