संसदबाट अर्को सरकार बन्ने विकल्प छैन, तर कांग्रेसलाई २०८४ को चुनाव चुनौतीपूर्ण बन्दैछ: एनपी साउद


काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार बलियोसँग आफ्नै खुट्टामा उभिन नसकेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई २०८४ को चुनाव चुनौतीपूर्ण हुने जिकिर गरे ।
उनले भने, ‘हामीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएदेखि अहिलेसम्म संसदमा कम्युनिष्टहरुको दुई तिहाइ छ । हाम्रो स्पेस खुम्चिएको छ । त्यसअघि हाम्रो एक्लै बहुमत थियो । यो कुरा हामीले नबुझी २०८४ को परिणामको व्याख्या कसैले गर्न सक्दैन । त्यसैले हामीले कांग्रेसको संगठन र क्षमतालाई बुझ्न जरुरी छ।!
नेता साउदले पार्टीभित्र सरकारको आलोचना हुँदा त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण नभएको बताए ।
उनले थपे, ुदुई तिहाइको सरकार छ । अर्को सरकार दिन सम्भावना हामीले गठबन्धन गरेर न्यूनीकरण गरिसकेका छौँ । संसदबाट सरकारको विकल्प दिने अवस्था नहुँदा पनि जनता सडकमा निस्कन थालेका छन् । दुई ठुला पार्टी मिल्दा पनि जनतामा आक्रोश र असन्तुष्टि बढेको छ।
दिल्लीले खुब लगानी गरेजस्तो छ ओलि विरूद्व बोल्न ।