धनुषामा तस्करको गोदाममा प्रहरीको छापा, हवाई फायर गरेर १४ बोरा सामान बरामद – Nepal Press

धनुषामा तस्करको गोदाममा प्रहरीको छापा, हवाई फायर गरेर १४ बोरा सामान बरामद

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका ६ स्थित भन्सार छलीकाे सामानकाे गोदाममा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्सपेक्टर संजिव यादवको नेतृत्वमा प्रहरी टोली भन्सार छलीको सामान राखेको सुराकी पाएपछि गोदाममा छापा मार्न गएका थिए । तर, स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्दै अवरोध गर्न खोजेको थियो ।

प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनले बद्री यादवको घरमा रहेको गोदामबाट १४ बोरा अबैध सामान बरामद भएको जानकारी दिए ।

उनका अनुसार बरामद सामान अहिले ल्याउने काम भइरहेको छ । बोरामा भन्सार छलीको समान छ । तर समान के हो? खुलेको छैन ।

डिएसपी सिंहले भन्सार छलीको समान राख्ने वा घरधनीमध्ये कोही पक्राउ नपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *