श्याम घिमिरेकाे आलाेचना गर्दै मीनेन्द्र रिजालले भने- अब पनि कांग्रेसले प्रमुख सचेतकबारे सोच्नुपर्दैन ? – Nepal Press

श्याम घिमिरेकाे आलाेचना गर्दै मीनेन्द्र रिजालले भने- अब पनि कांग्रेसले प्रमुख सचेतकबारे सोच्नुपर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीका प्रमुख सचेतक श्याम घिमिरेको चर्को आलोचना गरेका छन्।

मोरङ काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिको आलोचना गरे।

त्यसबारे उनको भनाइ,
वेश्यालय खुला गर्नुपर्छ भनेर संसदमा कुरा उठ्यो। निर्वाचित सांसदहरुको बोल्ने अधिकारको बिषयमा म टिप्पणी गर्दिनँ। बोल्न पाइन्छ तर बोल्दाखेरी नेपाली कांग्रेसका प्रमुख सचेतकबाट बिदा लिएर बोले हुन्थ्यो नि।

बिदा लिनु पर्दैन माफ मागे हुन्छ भन्ने हो भने बोल्ने अनि चित्त बुझेन भने माफ माग्दै हिँड्ने, यो बाटोबाट हुन्न नेपाली कांग्रेसको प्रमुख सचेतक छान्दा कस्तो मान्छे छानेका रहेछौं भने व्यक्तिसँग मेरो नराम्रो छैन श्यामजीसँग मेरो राम्रो मित्रता छ।

तर कांग्रेसको प्रमुख सचेतकले आजको दिनमा हिजो मेरो पार्टीको विचार होइन मैले बोलेँ भन्ने भोलि उहाँले पार्टीको गम्भिर बिषय उठाएर बोल्नुपर्यो भने तलबाट सोध्छ कि सोध्दैन तपाईंको विचार हो कि पार्टीको विचार भनेर सोध्यो भने के हुन्छरु यो बिषय कांग्रेसले सोच्नु पर्दैन। मसँग नजिक छ त्यसैले जोगाउनुपर्छ त्यो बाटोमा हुन्न।


प्रतिक्रिया

One thought on “श्याम घिमिरेकाे आलाेचना गर्दै मीनेन्द्र रिजालले भने- अब पनि कांग्रेसले प्रमुख सचेतकबारे सोच्नुपर्दैन ?

  1. श्याम घिमिरेले माफी मागिसके । अब किन चम्केको नि ?

Leave a Reply to Krishna sharan phuyal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर