दुई साता भारत बसेर फर्केपछि परराष्ट्रमन्त्रीले भनिन्- सरकार चेन्ज गर्ने आशय उहाँहरुको मैले देखिनँ (भिडिओ)


काठमाडौं । दुई साता भारत भ्रमणबाट फर्केकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको नेपालमा सरकार नै परिवर्तन गर्ने आशय आफूले नपाएको बताएकी छन् ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको राजनीतिक विषयमा भारतमा धेरै कुरा नभएको बताइन् ।
उनले भनिन्, ‘राजनीतिक विषयमा हामीले खासै कुरा गरेनौँ तर उहाँहरूको सपोर्टचाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ। उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ। अहिलेको गभर्मेन्टसँग एकदमै इन्गेज्ड हुनुहुन्छ ट्रेड, पावर, इनर्जी मिनिस्टरहरूसँगको भेटमा पनि सरकार नै चेन्ज हुने आशय मैले देखिनँ ।’
उनले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नमागेको पनि बताइन् ।
नेपालको सरकार परिवर्तन गर्न भारतले खोजेको छ ? भनेर सोध्ने पत्रकार नै दलाल हो । यो सोध्ने प्रश्न हो ? ईमान गुमाएका भाडाका टट्टु हो नेपालको सरकार नेपालमा बन्छ दिल्लीमा होईन । पशुतुल्य के बाँच्छौ ? अनि मन्त्रीको जवाफ पनि भएन । मैले भारतले अहिलेको सरकार चेञ्ज गर्ने मनसाय पाईन । के भनेको यो ? यदि भेटमा दिल्लीले नेपालको सरकार फेर्ने कुरा गरेमा त्यहि भेटमा नेपालले पनि मोदी सरकार हटाउन चाहेको छ मान्छौ? भनेर सोध्नुपर्छ । को हो भारत नेपालमा सरकार फेर्ने ? दास मानसिकता भएका, बिकाउ पत्रकार धेरै भए देशमा । यस्तैले हो पैसा पाए देशै बेच्ने । दुर्गा प्रसाईले सिधै भारतको दलाली गर्दा, नेपाललाई भारतमा मिसाउनेसम्मको कुरा गर्दा कोही प्रतिकार गर्दैन ।किन ? किनभने दुर्गाले ओलिलाई आक्रमण गरेको छ । भनेपछि ओलिविरोधीहरूले त दुर्गालाई उकास्नेभैहाले नि । चाहे नेपाललाई भारत मै मिसाउने कुरा गरेको होस् । के बाँच्छौ पशुसमान ?