गृह मन्त्रालयका २८ शाखा अधिकृतको सरुवा, पदस्थापन तथा कामकाजमा खटाइए (सूची) – Nepal Press

गृह मन्त्रालयका २८ शाखा अधिकृतको सरुवा, पदस्थापन तथा कामकाजमा खटाइए (सूची)

३ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय एवम मन्त्रालय मातहतमा कार्यरत २८ जना शाखा अधिकृतको सरुवा पदस्थापन तथा कामकाजमा खटाइएका छन् ।

२८ जना शाखा अधिकृतको सरुवा, पदस्थापन तथा कामकाजमा खटाइदाँ ३ जनालाई भने विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

जसमा मन्त्रालयमा कार्यरत चिरन्जिवी सापकोटालाई सोलुखुम्बु, नन्दराम परियारलाई मुस्ताङ र दीपक पौडेललाई बझाङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा दिइएको छ भने मन्त्रालयमा कार्यरत मधुर नेपालीलाई कारागार कार्यालय इलाममा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ ।

साथै १७ जनालाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ बाँकीलाई कारागार व्यवस्थापन विभाग, इलाका प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा शाखा अधिकृतको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर