राप्रपा नेपालका प्रवक्ता अधिकारीको उपचारको क्रममा अमेरिकामा निधन – Nepal Press

राप्रपा नेपालका प्रवक्ता अधिकारीको उपचारको क्रममा अमेरिकामा निधन

काठमाडाैं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारिको उपचारको क्रममा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । अधिकारीकाे अमेरिकामा निधन भएकाले पार्टीले जनाएकाे छ ।

उनको निधनमा दु:ख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरुमा ३ दिन झन्डा झुकाउने र १३ औं दिनमा शोक सभा गर्ने निर्णय गरेको छ ।

उनको पार्थिव शरीरको अन्त्येष्टि अमेरिकामै गरिनेछ । राप्रपा नेपालले अधिकारीकाे निधनप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेकाे छ ।

अधिकारिको जन्म २०१३ मा संखुवासभा जिल्लामा भएको थियो । उनको एक छोरा, एक छोरी र श्रीमती छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर