बुटवलमा मिडिया सम्मेलन सुरुः सञ्चार माध्यमका समस्या र चुनौतीबारे बहस


रुपन्देही । सञ्चार माध्यमहरुका समस्या र चुनौतीबारे वृहत अन्तरक्रियाका लागि बुटवलमा शुक्रबारदेखि दोस्रो मिडिया सम्मेलन सुरु भएको छ ।
पछिल्लो समय मिडियामा देखिएका समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा बुटवलमा दुई दिने मिडिया सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा मिडियामा लामो सयम विताएका र अनुभव संगालेका संचारकर्मी, उद्यमी तथा पत्रकारहरुबीच अन्तरक्रिया, प्यानल डिस्कशन र छलफल भएका छन् ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए ।
सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै पाण्डेले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे। यसैगरी बुटवलको विकासमा मिडियाले खेलेको भूमिका बारे चर्चा गर्दै पाण्डेले यहाँको प्रचार–प्रसार गरी अब पर्यटन विकासमा जोड दिनुपर्ने बताए ।
सम्मेलनको पहिलो दिन शुक्रबार सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिएको छ । सम्मेलनमा मिडियाको वर्तमा अवस्था, चुनौती र अवको बाटो, मिडियामा रोएल्टी, ‘परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो’, ‘छापा माध्यम, किन र कसका लागि ?’, ‘के अनलाइन पत्रकारिता सधैका लागि हो रु’, ‘किन फस्टाउन सकेन विज्ञापन बजार रु’ लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।
‘अनेक संस्थाः नियमन कि नियन्त्रण रु’, ‘सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो रु के हुँदैछ रु’ लगायत विषयमा छलफल भएको सचिव माधव नेपालले बताए ।
मिडियामा लामो समय विताएका विज्ञहरुका प्रस्तुतीपछि संक्षिप्त प्रश्नोत्तर समेत राखिएको थियो। सम्मेलन अन्तरगतको पहिलो दिनको शेसनमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सल्लाहकार विपुल पोखरेल, रोयल्टी समाजका सुरेश अधिकारी, विज्ञापन बोर्डका प्रमुख लक्ष्मण हुमागाई, बाह्रखरीका प्रधानसम्पादक प्रदिक प्रधान, न्यनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्कालगायतले आआफ्नो तर्फबाट मिडियालाई जोगाउने र विकास बारेमा तर्क राखेका थिए ।
सम्मेलन अन्तरगतको पहिलो दिनेको सेसनमा शुक्रबार विभिन्न छलफलहरु गरिएको थियो भने शनिबार साधारण सभा गरिने संघले उपाध्यक्ष विष्णु भुसालले जनाकारी दिए । यो सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।