लक्ष्मी स्टीलले तिर्याे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायाे दोस्रो किस्ता


काठमाडौं । नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने छ ।
यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ ।
२८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ता पावत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
राज्य : नियम र कर्मचारी !!!
================
१. राज्य ‘राज्य’ जस्तो भयो : नियम कानुन र मान्यतामा चल्यो भने सबैले त्येशको पालना गर्छन !!
तर, जब्बर जस्ती गर्ने, कुट्ने मार्ने, सिध्याउने, बन्द गर्ने, यस्ता अनैतिक काम गर्ने हो भने त्येस्तै प्रतिक्रिया आउँछ, द्वन्द बढ्छ र सबै लथालिङ्ग हुन्छ !!
२. कुलमान को कुसलता मा कुनै संका छैन तर, मात्र प्रचण्ड को नचाइमा नाच्ने र घुमाइमा घुम्ने गर्नु भएन !! प्रचण्डको काम नै भड्काउने, खेलाउने र द्वन्द उब्जाउने, बढाउने र टकरावको अवस्था सिर्जना गर्ने देखिन्छ : जुन गलत छ : झन् प्रधानमन्त्री भै सकेको मान्छेको त्यो गतिबिधि निक्कै गम्भीर बिसय हो !!
३. सरकार देशको उन्नति चाहन्छ, देशमा त्येशको लागि वातावरण बनाउञ्छ, उन्नति हुने कुरा कसैले गरे पनि त्यो सरकारको काम हो, देशको हित हो, जनताको हित हो !!