सुन्दरताले भरिएको मुस्ताङ (फोटो फिचर) – Nepal Press

सुन्दरताले भरिएको मुस्ताङ (फोटो फिचर)

मुस्ताङ । ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद् याम र बसन्त याम सुरु हुनेवितिकै मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ।

उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति। प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु। जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश। माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली। पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल।

पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान। चरन खर्कमा भेडाच्यांग्रा, घोडा र याकका गोठ। लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैंचा। बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्त्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड। यी सबै  दृश्य हेर्न मुस्ताङ पुग्नैपर्ने हुन्छ ।  मुस्ताङ पुगेर यी दृश्यदेखेपछि  तपाईंलाई कसाे  मनमाेहक नबनाउँला ?

बसन्त याम सुरु भएसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन्।

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *