प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा – Nepal Press

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

चितवन ।  खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने उनले जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् । हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् ।

तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *