राजतन्त्र भूत हो, फर्किँदैन: बाबुराम भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेकाले फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । शनिबार जनकपुर पुगेका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फेरि पछाडि फर्किने कुरा सम्भव नभएको बताए ।
उनले भने, ‘लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ । राजतन्त्र भूत हो, भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ न त सम्भावना हुन्छ ।’
अध्यक्ष भट्टराईले आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुने गरेको आरोप लगाए ।
अब जनताले नेतामात्रै छान्ने नभई विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने उनले बताए ।
मार्क्सबाद चाही भ्रम हो। त्यसबाट निस्केका कम्युनिष्ट चाही बेकामे हुन्। संसारमा कतै पनि मार्क्सबाद ले जनताको जिवनमा समृद्दसाली परिवर्तन लिएर आएको छैन। यस्ता भ्रमको खेति गर्ने मार्क्सबादी कम्युनिष्ट र समाजबादी को पछी नलागौ, देश पछाडी नधकेलौ।