‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’ – Nepal Press

‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’

इतिहास बनेकाहरूको टाउको उठाउने प्रयास चैत १५ गतेसम्म पुग्दा नपुग्दै सकिने प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अबको भरोषा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको बताएका छन् ।

तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अभियानमा पार्टीप्रति ठूलो लहर देखिएको बताए ।

प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं । मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं ।’

उनले आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको बताए ।

उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ । जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन् । तपाईंहरुले सुन्नुभएकै होला । त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ ।’

अहिलेको सरकारले भ्रष्टाचारीलाई रक्षा गर्न केन्द्रित भएकाले इतिहास भएकाहरुले टाउको उठाउन खोजेको उनले बताए ।

उनले चैत १५ गतेसम्म पुग्दा नपुग्दै आफूहरुको प्रतिवादले प्रतिक्रियावादीहरुको प्रयास असफल हुने जिकिर गरे ।


प्रतिक्रिया

3 thoughts on “‘मप्रति जनताको सद्भाव बढेको छ, प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्’

  1. तेरा पुच्छर र तैले खुवाएर पालेकाले भन्लान । जनताले भनेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर