कांग्रेस र एमाले लक्षित प्रचण्डको टिप्पणी- सायद २०८४ मा यिनीहरूको दिन सकिन्छ (भिडिओ)
'माओवादीहरूमात्रै होइन, समाजवादी मोर्चालाई एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ'


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरू सबै एकै ठाउँमा हुने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादीहरूमात्रै नभई समाजवादी मोर्चालाई पनि एउटै केन्द्र बनाउने प्रयास भइरहेको बताए ।
प्रचण्डले भने, ‘माओवादीहरूलाई एकताबद्ध गर्न के गर्नुपर्छ, सके जति सबै गर्छु मैले, माओवादीमात्रै होइन, पर्सि समाजवादी मोर्चाको कार्यक्रम हुँदैछ । त्यसलाई पनि एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ ।’
उनले अहिले विद्यार्थी चुनावमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरू मिल्दा पनि क्रान्तिकारीले सखाप पार्न सफल भएको बताए ।
कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको भन्दै प्रचण्डले भने, ‘२०६४ को झल्कोमात्रै होइन, २०८४ मा सायद हामी सबै एक भएर मेहनत गर्यौं भने यी भ्रष्टाचारी, बुर्जुवा, दलाल, बिचौलिया र भूमाफियाको दिन सकिन्छ, जनताको असली राज आउँछ ।’
खै कसकाे दिन दिन सकिन्छ । चुनाव पछि नै था हाेला ।
गाेयबल्स!!
यसले जितेमा देश भारतलाई बेच्छ । हेक्का राखौं ।