क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए – Nepal Press

क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

एकडारा गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।

गाउँका साथीहरुसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *