राजावादीलाई विश्वप्रकाशले भने- तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो, पूर्वराजा पनि भ्रममा नबस्नू – Nepal Press

राजावादीलाई विश्वप्रकाशले भने- तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो, पूर्वराजा पनि भ्रममा नबस्नू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीहरुको जनमत स्ववियु चुनावमा देखिसकेकाले अब भ्रममा नबस्न आग्रह गरेका छन् । तनहुँमा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि त्यस्तो कुनै भ्रम नपाल्न आग्रह गरे ।

उनको भनाइ

अहिले फागुन २५ गते काठमाडौंमा ठूलो प्रदर्शन भयो, राजा आउँछन् कि के हो भनेर कतिपयले भन्छन् । पोखराबाट त आउँछन्, अलि पछि विराटनगरबाट पनि आउँलान्, तर राजसंस्था नै फर्केला कि भन्ने कतिपयलाई भ्रम छ । राप्रपालाई पनि भ्रम हुन्छ संसदमा बोल्दै गर्दा, पूर्वराजालाई पनि भ्रम हुन्छ । त्यो प्रदर्शनमात्रै हेरेर पुग्दैन।

चैत ५ गतेको प्रदर्शनलाई पनि हेर, २५ गते काठमाडौंमा एकै ठाउँमा भयो, ठूलो जुलुस देखियो । चैत ५ गतेको प्रदर्शन सडकमा निस्किएर नाराजुलुस भएर होइन, यो देशका सचेत विद्यार्थीहरु पढ्दै गरेको कलेजमा लिएको मतपत्रको प्रदर्शन काठमाडौंमा भएको प्रदर्शनभन्दा ठूलो हो कि होइन ? त्यो प्रदर्शनमा राजावादीको पक्षमा कति प्रस्तुत भयो होला ? राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेनको फेसबुक पेजमा गएर सर्च गरेर हेर्नू, त्यहाँ झापामा एउटा जितेको छ ।

हाम्रोले जितेको देशभरि हेर्नुस्, एउटा कलेजमा जितेको राजावादीको भोटले बढी देखाउmन् । अरु सबै गणतन्त्रको पक्षधर नै जितेका छन् । त्यसैले देशको जनमत कता छ भन्ने प्रस्ट भएको छ । यति धेरै जनप्रतिनिधि लागेर जनताको काम गर्दा त सकिएको छैन, एक जनालाई श्रीपेच लगाएर राजा राख्नेबित्तिकै देशको कल्याण हुन्छ ? त्यसैलै नागार्जुनमा रहेका पूर्वराजा पनि भ्रममा पर्नुहुन्न ।


प्रतिक्रिया

One thought on “राजावादीलाई विश्वप्रकाशले भने- तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो, पूर्वराजा पनि भ्रममा नबस्नू

  1. yesta mula ta makai ra vatmaas saga padkaincha ..Raja ta dash am aaun …nam chai Bisho—ra –prakash…re …hahaha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर