एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’- भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक – Nepal Press

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’- भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

काठमाडौं । आफ्ना ग्राहकहरुका आवश्यकता पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । एनसेलका अनुसार यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।

२८ दिनसम्म मान्य रहने यस प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुलाई चिन्तामुक्त यात्राको अनुभव लिन मद्दत गर्ने एनसेलले विश्वास गरेको छ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान विनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाध रुपमा सेवा उपलब्ध हुनेछ ।

भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्नेछन् । यसबाहेक यस प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १ लाखसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेटेको छ ।

करसहित रु. १ हजार ७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा र बीमा सुविधासहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्ने एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले एस्ट्रिक १२३ एस्ट्रिक ७ एस्ट्रिक ६ ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्नेछन् ।

‘हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । ‘सधैं अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल र मनोरञ्जनका लागि विकल्पहरूसहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

यो सधैं अन रोमिङ सुविधासँगै एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुको भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको छ । देशभित्रै प्रयोग गर्न उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहज बनाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर