स्ववियु चुनाव: वीरगञ्ज नर्सिङको जितसँगै अनेरास्ववियुले पार गर्यो सयको आँकडा (सूची)


काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले वीरगञ्ज नर्सिङ क्याम्पसमा जितेसँगै सयको आँकडा पार गरेको छ । वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी आर्जु रायले १०३ मत ल्याएरनेविसंघकी दियान्सु श्रेष्ठलाई ८ मतान्तर हराएकी हुन् ।
त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४१औं क्याम्पसको रुपमा वीरगञ्ज नर्सिङ क्याम्पसको नतिजा आएको छ । चैत ५ गते नै निर्वाचन भए पनि मतगणना हुँदा नेविसंघले तोडफोड गरेपछि स्थगित भएको थियो ।
आज सर्वदलीय सहमतिपछि भएको मतगणनामा रायले नेविसंघकी श्रेष्ठलाई हराएकी हुन् । वीरगञ्जसहित अनेरास्ववियुले १२ वटा आंगिक क्याम्पस जितेको छ । नेविसंघले १५ र अखिल क्रान्तिकारीले ८ जितेकोमा चितवनमा स्वतन्त्र जितेका क्रान्तिकारीमा प्रवेश गरेसँगै ९ पुगेको छ ।
काठमाडौंको पद्मकन्यासहित चार क्याम्पसमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले यो जितसँगै आंगिक र सम्बधन प्राप्त क्याम्पस गरी संगठनले १०१ क्याम्पसको स्ववियु जितेको बताए ।