दलितको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बाबाविरुद्ध जाहेरी दर्ता


जनकपुरधाम । सिरहाको औरही गाउँपालिका- ५ मा अछूत भन्दै घरमा डोजर चलाएको घटनाका तीन आरोपीविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।
गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष हिजैदेखि प्रहरी नियन्त्रणमा छन् । बजरंगी बाबा भने फरार रहेको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएको बताए । उनले जाहेरी आएपछि कानूनी कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए ।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
चैत १७ गते सुरु हुने भनिएको विष्णु महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घरमा डोजर चलाइएको थियो । उक्त घटना सार्वजनिक भएपछि संघ र प्रदेशको संसदमा सांसदहरुले आरोपीहरुलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।
अरू पार्टीको नेतृत्वमा सरकार भए समात्दैनथ्यो ।