घनश्याम भुसाल भन्छन्- ओली-प्रचण्ड र देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन (भिडिओ) – Nepal Press

घनश्याम भुसाल भन्छन्- ओली-प्रचण्ड र देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन (भिडिओ)

रूपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिले सही दिशा लिन नसक्दा पुनरुत्थानवादी शक्तिहरु सलबलाएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीको १०औं जिल्ला अधिवेशनको उद्घाटन समरोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप आवश्यक रहेको बताए ।

उनले नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो व्युत्तिएर आउन सम्भव नरहेको बताउँदै यसका लागि गणतान्त्रिक शक्तिहरुमा सुधारको खाँचो रहेको औंल्याए ।

कुशासन र बेरोजगारी समस्याका कारण पुनरुत्थान र पपुलिस्ट शक्तिहरुको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

महासचिव भुसालले राजनीतिक रुपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको दुरदसा हुने खतरा रहेको बताए ।

‘कुनै जमाना यस्तो थियो, ओलीजी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थे’, महासचिव भुसालले भने, ‘तर आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो, यो सामान्य कुरा होइन ।’

उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दम्भ र घमण्ड त्याग्नुपर्ने बताए ।

‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन’, महासचिव भुसालले भने, ‘रोजगारी र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने एजेन्डामा आउनुस् ।’

उनले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी राष्ट्रिय एजेन्डा बनाउन सर्वदलीय सम्मेलनको प्रस्ताव गरेको समेत बताए ।

‘अब सत्तामा गएर दुइटा मन्त्री लिएर बस्दैन, जनतामा जान्छ, एक्लै आन्दोलनको शुरुवात गर्ने हो’, उनले भने, ‘अब वामपन्थी र कम्युनिष्टहरुसँग सडकको यात्रामा भेट हुनेछ ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले संविधानको रक्षाका लागि आफूहरुले एमालेबाट विद्रोह गरेको बताउँदै अहिलेको राजनीति पनि आफूहरुको पार्टीकै वरिपरि घुमेको दाबी गरे ।

यस्तै सचिव सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरुको भएको बताए ।

शनिबार उद्घाटन भएको सम्मेलनअन्तर्गत आइतबार बन्दसत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आइतबार बन्दसत्रमा सांगठिक लगायतका विभिन्न प्रतिवेदन र प्रस्तावहरुमाथि छलफल गरी नयाँ नेतृत्व चयन गर्ने उपसचिव टंक पोख्रेलले बताए ।


प्रतिक्रिया

2 thoughts on “घनश्याम भुसाल भन्छन्- ओली-प्रचण्ड र देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन (भिडिओ)

  1. राजाको ढोके हो यो मान्छे । नाम मात्रको कम्युनिष्ट ।

  2. अस्तिसम्म प्रचण्ड प्रधानमन्त्री हुँदा भारत पनि खुशी, राजा पनि खुशी, पद नपाए पनि माकुने पनि खुशी, विकास नभए पनि जनता चुप, काम नभए पनि जनता चुप, तराई तिरका दलालहरूलाई भारतले चुप लाग भनेकाले ती पनि खुश । हल्ला थियो केवल भुटानी शरणार्थी, बालुवाटार जग्गा, पशुपतिको जलहरी, गिरीबन्धु र रविले सहकारी ठगेको भन्ने । त्यसमध्ये भुटानी शरणार्थी, बालुवाटार जग्गा र गिरीबन्धु अदालतको आदेशको कारण उत्पन्न चिज थिए । त्यो प्रचण्डले उत्पन्न गरेका थिएनन । अदालतको आदेशले आएका थिए । गिरीबन्धु पनि अदालतले कानून बनाएर गर भनेकाले उत्पन्न भएका थिए । पशुपति जलहरी माओवादीको सिन्धुली र रामेछापका जनता ठग्ने, कुखुरा चोरेर खाने, क्रसर व्यावसायीलाई धम्काएर लुटने, चन्दा उठाएर पार्टी अध्यक्षको घर बनाउन दिने ठगले उठाएको मुद्दा थियो । कहिले उसलाई समाएर , कहिले उसलाई छोडेर वेश्या आईमाई जस्तो् पार्टी फेर्दै कुम हल्लाउदै भारतको दलाली गरेर प्रधानमन्त्री प्रचण्ड बसिरहदा कसैलाई मतलव थिएन । नारायणकाजिले विआरआई अघि बढाउन खोज्दा प्रचण्डले घर्रामा थन्काउँदा कसैलाई मतलव थिएन । दुर्गेले बैंको पैसा नतिर भन्दै, बैंकका मान्छेलाई पिटदै हिंठदा प्रचण्डलाई हाईसञ्चो थियो । अब अहिले राजनैतिक स्थिरता छ, विकास निर्माणले तिव्र गति समातेको छ, सुशासन कायम हुँदै गएको छ, चीनसँग बिआरआई सम्झौता भएको छ, चीनले कामहरू अघि बढाउँदै लगेको छ, अन्यत्र पनि कामहरू धमाधम हुँदै गैरहेका छन् । सबै क्षेत्रमा क्रमश: ससधारहरू देखिदै गएका छन् । यतिखेर भारतलाई चिन्ता छ, प्रचण्ड त पद नपाएको छटपटीमा मानसिक अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा छ, मोर्चा नामको दिल्लीका दलालहरूले आन्दोलनको घोषणा गरेका छन्, राजावादी नामकाहरू अराजक बन्दैछन् , रविहरू ओलि विरूद्व खनिएका छन् जबकी रविलाई कारवाही हुनुमा ओलिको एक रौं पनि हात छैन, सामाजिक सञ्जालमा नियोजित रूपमा ओलि विरूद्व जेहाद छेडिएको छ । भने पछि यो देशमा काम गर्नेलाई रोकिन्छ, समृद्वि ल्याउनेलाई गाली गरिन्छ, ठगहरूलाई प्रोत्साहन गरिन्छ, हुँदै नभएका लाँन्छना लगाईन्छ, स्वाभिमान बचाउनेलाई गाली गरिन्छ । यस्ता अराजकहरू, विदेशीका भाडाका टट्टुहरू भएको देशमा केही विकास हुन्छ ? समृद्वि र स्वाभिमानका पर्याय ओलिलाई गाली गर्ने पनि मान्छे हो ? त्यो त पशु हो, विदेशीको दलाल हो , पैसा पाए सन्तान पनि बेच्ने दलाल । त्यसैले स्वाभिमानी जनतालाई आव्हान छ कि ओलिलाई साथ दिउँ । अन्यथा देश कहिल्यै उँभो लाग्ने छैन ।यो ठोकुवा गर्न सक्छु म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर