रूपन्देहीमा प्रतिगामी चिन्तनविरुद्ध सडक कविता- चिहानबाट जागेर को सक्छ फेरि आउन ? – Nepal Press

रूपन्देहीमा प्रतिगामी चिन्तनविरुद्ध सडक कविता- चिहानबाट जागेर को सक्छ फेरि आउन ?

रूपन्देही । प्रगतिशील लेखक सङ्घ नेपालले रूपन्देहीमा ‘प्रतिगामी चिन्तनविरुद्ध सडक कविता’ कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा आयोजित कार्यक्रममा साहित्यकारहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथामार्फत लोकतन्त्रविरोधी प्रवृत्तिको भण्डाफोर गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारि पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रगतिशील लेखक सङ्घ नेपाल रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन असम्भव भएको भन्दै निरन्तर साहित्यिकलगायतका विभिन्न माध्यमबाट सचेतना अभियान आवश्यक रहेको बताए ।

नेपाली लेखक सङ्घ रूपन्देहीका अध्यक्ष लीलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

‘चिहानबाट जागेर को सक्छ फेरि आउन, प्रतिगमनकारी त्यो कसरी सक्छ व्युँतन ?’ भन्ने नारासहित आयोजित कार्यक्रममा डा. मुरारि पराजुली, डा. हरिप्रसाद भण्डारी, रूद्र ज्ञवाली, कविराज पौडेल, कृष्ण गाउँले, लीलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु केसी, हरिप्रसाद पौडेल, नारायणप्रसाद भण्डारी, सागर केसी, मुकुन्द भट्टराई, केशव बेलबासे, खेमबहादुर गुरुङ, उद्धव देवकोटा, यदु लामिछाने, तिलक लामिछाने, दुर्गा थापा मगर, कमला भण्डारीलगायतका साहित्यकारहरूले आआफ्ना रचना प्रस्तुत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *