बेलबारी क्याम्पसको स्ववियु सचिवबाहेक प्यानलै अखिल क्रान्तिकारी विजयी, सभापति बने कपिल बिस्ट – Nepal Press

बेलबारी क्याम्पसको स्ववियु सचिवबाहेक प्यानलै अखिल क्रान्तिकारी विजयी, सभापति बने कपिल बिस्ट

काठमाडौं । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव बाहेक सभापति सहित सबै प्यानल नै अखिल (क्रान्तिकारी)ले जितेको छ । क्याम्पसको सभापतिमा अखिल (क्रान्तिकारी)का कपिल बिष्ट ‘प्रेम’ले प्रतिस्पर्धी प्रशान्त पोखरेललाई ३४ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

शनिवार भएको निर्वाचनमा बिष्टले १९५ मत ल्याउँदा पोखरेलले १६१ मत प्राप्त गरेका छन् ।

सचिवमा भने अनेरास्ववियुका उम्मेदवार अर्जुन कोइराला १८३ मत ल्याउदैँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का दीपेन्द्र राईले १७० मत प्राप्त गरेका थिए । कोइरालाले राईलाई १३ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) नवराज थापा १८२ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका शंकर थापाले १६८ मत प्राप्त गरेका छन् । नवराजले शंकरलाई १४ मतान्तरले पराजित गरेका हुन् ।

सदस्यमा पनि अखिल (क्रान्तिकारी)कै ओमप्रतीक चौधरी, विक्रम तामाङ, निकेश सुवेदी, सलन राई र सुस्मिता थापा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

One thought on “बेलबारी क्याम्पसको स्ववियु सचिवबाहेक प्यानलै अखिल क्रान्तिकारी विजयी, सभापति बने कपिल बिस्ट

  1. बधाई छ सबै कमरेड लाई सफल कार्यकालको शुभकामना छ✊✊✊👍👍👍🇳🇵🇳🇵🎆🎇🎇

Leave a Reply

Your email address will not be published. Required fields are marked *