नयाँ स्मार्टफोन ‘आइटेल  ए ८०’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता   – Nepal Press

नयाँ स्मार्टफोन ‘आइटेल  ए ८०’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता  

काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ !’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्।

आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। फोनमा ६.७ इन्चको एचडीं डट(इन डिस्प्ले छ । जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ। यूनिसोक टी ६०३ अक्टाकोर प्रोसेसर सहित ८ जीबी र्याम (४ जीबी ४ जीबी मेमोरी फ्युजन) र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ।

फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन्। साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन्। यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५, एफएम र टाइपसी कनेक्टिभिटी रहेका छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ।

आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रङ्गमा उपलब्ध छ। कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ। नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैयाँ तोकिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर