राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ? – Nepal Press

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुलाई अहिले छटपटी देखिन थालेको टिप्पणी गरेका छन् ।

पछिल्लो समय राजावादीको सक्रियता बढेपछि गणतन्त्रवादी दलका नेतामा तरङ्ग देखिएपछि प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

षड्यन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरुको छटपटी केही दिन यता हेरि नसक्नु छ उनले भनेका छन्, ‘०६३ वैशाख ११ गते राजा र आन्दोलनरत राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हुँदै गर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्वीकार गरिएको थियो ।’

उनले सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो भन्दै चार प्रश्न गरेका छन् ।

–राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो ?

–यस कुकर्ममा को को कुन उद्देश्यका लागि कसको इशारामा संलग्न भए ?

–०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पुनर्स्थापना हुन किन सक्दैन ?

–जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?


प्रतिक्रिया

One thought on “राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न- विघटित संसद् त पुनर्स्थापना भयो भने राजसंस्था किन फर्किँदैन ?

  1. ए दास रैती हो अलिकति लाज छ भने तिमीहरूले वीरेन्द्रको हत्यारा खोज के को राजा हुदैन व्यापारी लाइ सत्ता बुझ्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर