सुनको मूल्य तोलामा ९ सयले घट्यो – Nepal Press

सुनको मूल्य तोलामा ९ सयले घट्यो

काठमाडौ‌ं ।  शुक्रबारको तुलनामा सुनको मूल्यमा आज सामान्य घटेकाे छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला  एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर