प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ: अध्यक्ष ओझा – Nepal Press

प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ: अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको जानकारी दिएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबारर काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागिएको जानकारी दिएका हुन् ।

उनले बीमा क्षेत्रलाई सहज गर्न प्राधिकरणले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए । ओझाले बीमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन कायम राख्नुपर्ने भन्दै प्राधिकरणले आवश्यक नियामकीय हस्तक्षेप गर्ने स्पष्ट पारे।

बीमा क्षेत्रले राष्ट्रलाई पुराउन सक्ने योगदानलाई ध्यानमा राखेर प्राधिकरणले काम गर्ने उनको भनाइ छ ।

उहाले यस क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थतकर्तालगायत सरोकार निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर