भक्तपुरको पिकनिक स्पटमा भेटियो शव, हत्याको आशंका


काठमाडौं । भक्तपुरको पिकनिक स्पोर्टमा एक जनाको शव भेटिएको छ । आज विहान ६ बजे मध्यपुर ठिमी नगरपालिका-९बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा ६६ वर्षीय ओम प्रकाश राईको शव भेटिएको हो ।
खोटाङ, केपिलासगढी गाँउपालिका वडा नं। २ घर भएका उनी हाल बोडेमा बस्दै आएका थिए । कवाडीको सामान टिप्ने काम गर्दै आएका राईको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रनाउ ढुण्डीराज नेउपानेले जानकारी दिए ।
उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी नेपानेले जानकारी दिए । उनका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।