गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु – Nepal Press

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा। जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्’ उनले भने ।

घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर