श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल – Nepal Press

श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल

काठमाडौं । श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ ।

सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो ।

यो सँगै श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधी व्यवस्थापन विभागमा दर्ता हुने पहिलो हेयर ओएल बनेको छ ।

२०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको थियो । सोही अनुसार श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल विभागमा सूचिकृत भएको हो ।

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल मात्रै होइन, अब नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरू अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेछ ।

विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ ।

यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ ।

बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो । विभागले अव्यवस्थित बजारलाई व्यवस्थापन र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।

नेपालमा पछिल्लो केही वर्षदेखि सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले विभिन्न आयुर्वेदिक सामाग्रीहरू उत्पादन गरिरहेको छ । मानव स्वास्थ्यमा हानी नपुग्ने जडीबुटीजन्य उत्पादनलाई यस कम्पनीले प्राथमिकता दिएको छ ।

छोटो समयमै देश विदेशमा श्री केशले आफ्नो ब्रान्ड स्थापित गराइसकेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले उत्पादन गरेको श्री केश हेयर ओएलको माग बढ्दो छ ।

नेपालमै आफ्नो कम्पनी स्थापना गरेर नेपालकै जडीबुटीको प्रयोग गरेर बनाइएका श्री केशका विभिन्न उत्पादन सेवाग्राहीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

यति मात्रै होइन, सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले नेपालमा आफ्नो कम्पनी विस्तार गरेसँगै सयौँलाई रोजगारी पनि दिएको छ ।


प्रतिक्रिया

One thought on “श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल

  1. सारै राम्रो भयछ ।।अब स्वोदेसी उत्पादन बिदेस मा बेचीने भयो ।।बधाइ छ श्रीकेस तेल लाई ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर