कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी (तस्बिरहरु)

२०८१ चैत १० गते १६:०९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा .शेखर काेइराला, सुजता काेइरालालगायतका पदाधिकारीहरु सहभागी छन् ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल भइरहेको छ ।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल भइरहेको पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया