देशकै सबैभन्दा धेरै विद्यार्थी संख्या भएकाे पीएन क्याम्पस स्ववियु निर्वाचनमा २८९७ मत खस्यो – Nepal Press

देशकै सबैभन्दा धेरै विद्यार्थी संख्या भएकाे पीएन क्याम्पस स्ववियु निर्वाचनमा २८९७ मत खस्यो

पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी संख्या भएकाे कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८९७ मत खसेको छ ।

बिहान ८ बजेदेखि भएको मतदानमा २ हजार ८९७ सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।

अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर