प्रचण्ड, ओली, देउवा र बाबुरामले राजसंस्थाबारे दिएका अभिव्यक्ति जवाफ योग्य छैनन्: कमल थापा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजा र राजसंस्थाबारे दिएका अभियव्यक्तिहरु जवाफ दिन योग्य नभएको बताएका छन् ।
संवैधानिक राजसंस्थाको माग गर्दै राजावादीहरुको सक्रियता बढेपछि पछिल्लो समयमा चार शीर्ष नेताहरुले दिएको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको उनले बताए ।
उनले भनेका छन्, ‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन् । त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलताको प्रमाण हो । लोकतन्त्रको आवरणमा गरिएको ब्रह्मलुट र विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी हो ।’
नेता थापाले जनभावनाको अनादर नगर्न आग्रहसमेत गरेका छन् ।