प्रशासकीय अधिकृतबारे बालेनले लिखित जवाफ दिनुपर्ने वडाध्यक्षहरुको निर्णय, कार्यपालिका बैठक माग


काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।
आज दिउँसो महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । ज्ञापनपत्रमा ५ जना कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन् ।
मेयर शाहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रबार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनकाे अध्यक्षतामा १६ वडाध्यक्षबीच बैठक भएकाे थियाे । साे बैठकले दुई वटा निर्णय गरेकाे थियाे ।
बैठकले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुराराईंलाई गरिएकाे भनिएकाे कारबाही प्रकियाकाे बारेमा लिखित रुपमा मेयर शाहसँग जानकारी माग गर्ने र महानगरकाे कार्यपालिकाकाे बैठक तत्काल बाेलाउन लिखित माग गर्ने सहमति भएकाे थियाे ।
साेही सहमतिअनुसार आज मेयर शाहलाई भेटेर ज्ञापनपत्र बुझाइएकाे हाे, तर मेयरलाई बुझाइएकाे ज्ञापनपत्रमा भने कार्यपालिका बैठक बाेलाउने विषयमात्रै उल्लेख गरिएकाे छ ।
ज्ञापनपत्र बुझाउन नेतृत्व लिएका प्रवक्ता नवीन मानन्धरले कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा छलफल गर्न बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको बताए ।
उनले नेपालप्रेससँग भने, ‘प्रमुख प्रशासकीय अधिकृत नभएकाले काम कारबाही ठप्प भइराखेको अवस्था छ । याे विषय कार्यापालिकामा उठाउनुपर्याे भनेर हामीले ज्ञापनपत्र बुझाएका हौं । मेयरसाबले पहल गर्छु भन्नुभएको छ ।’
कुनै कर्मचारीले गलत गरेको भए कारवाही हुनुपर्छ ।कारवाही गर्ने निकाएमा उजुरी दिनुपर्छ । आफूले छानबिन गर्न बनाएको समितिले दिएको प्रतिवेदन पनि नबुझ्ने, हाजिर गर्न पनि नदिने । बालेनका रैती हुन् कर्मचारी ? लोकसेवा पास गरेर क्षमता देखाएर आएका हुन् ।वालेनलाई अनुहार मन परेन भन्दैमा काम गर्न दिन्न भन्नलाई बालेको निजी सम्पत्ति हो महानगर भनेको ? दोषी भए कारवाही गर । भोलि रामे, श्यामे जो पठाए पनि हाजिर गर्न दिन्न भन्न रैती हुन कर्मचारी भनेका ? आफूले मनलाग्दी गर्न नपाएर धेरै मेयरले कर्मचारी सरूवा गर्ने, हाजिर गर्न नदिने काम अन्यत्र पनि भएका छन् । त्यसैले संघीय सरकारले जे गरेको छ ठिक छ ।कि कर्मचारीको दोष प्रमाणित गर कि हाजिर गर्न देउ ।बालेन, बालेन भनेर अन्धभक्त, अबुझ र खान पाएकाले भन्लान । सचेत नागरिकले त गुण दोषको आधारमा मूल्याँकन गर्छ । वडाअध्यक्षहरूले राखेको माग जायज छ ।