देउवालाई ज्ञानेन्द्र शाहीको चुनौती- राजाबारे कांग्रेसभित्र चुनाव गराउने हिम्मत छ ?


काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कांग्रेस सभापति शेरबहादुर देउवाले बीपीको सिद्धान्त पनि बेचेर खाएको आरोप लगाएका छन् ।
देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएपछि शाहीले यस्तो आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू । हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ । राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ । त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग शपथ खाँदै बन्नुभएको हो ?’
उनले पार्टीभित्र राजाबारे धारणा बुझ्न चुनाव गराएर देखाउन चुनौती दिए ।
उनले थपेका छन्, ‘जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ? हिम्मत छ ?’