अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी, रुद्रहरी बने स्ववियु सभापति (भिडिओ) – Nepal Press

अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी, रुद्रहरी बने स्ववियु सभापति (भिडिओ)

काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेलको प्यानलै विजयी भएको छ ।

नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो ।

सचिवमा गोपालबहादुर शाही, कोषाध्यक्षमा विवेक कोइराला र सदस्यहरुमा गोकर्ण साउद, सिजन पन्त, साधना सिग्देल, गणेश शाही, प्रशन्न चिलुवाल, ग्रिस्मा पन्त र विनय ढकाल विजयी भएका हुन् । त्यहाँ यसअघि अखिल क्रान्तिकारले जितेको थियो ।

आज भएको मतदानमा १२ सय ९१ मत खसेको थियो। त्यहाँ १९४८ मतदाता रहेको थिए । ३२६ मतान्तरले अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानलले नै विजय हासिल गरेको हाे ।

यसअघि चैत ५ गते नै तय भएको स्ववियु निर्वाचन विवादका कारण स्थगित भएको थियो ।

 


प्रतिक्रिया

2 thoughts on “अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी, रुद्रहरी बने स्ववियु सभापति (भिडिओ)

  1. बधाई छ ।संयमित र अनुशासित भएर, अरूलाई बाधा नहुने गरी प्रदर्शन गरौ । अन्य संगठनजस्तो होईन अनेरास्ववियु भनेको । यो त जिम्मेवार एमालेसँग विचार नजिक भएको संगठन हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर