बाँकेमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालककाे निधन – Nepal Press

बाँकेमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालककाे निधन

रूपन्देही । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालकहरूको ज्यान गएको छ ।

अपरान्ह ४ बजेको समयमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडीया र शिवकुमार गोडियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट स्थानीय दुई बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकर जलाइदिएका छन् भने बेतहनी चौकी पनि जलाईदिएका छन् । आक्राेशित स्थानीयको आक्रमणबाट दर्जनौ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म बेतहनी चोकमा अवस्था नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि दङ्गा नियन्त्रण गण खजुराबाट थप प्रहरी घटनास्थल पठाइएको बाँके प्रहरी प्रवक्ता दीपक पतालीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर