प्रेस चाैतारी महाधिवेशन- निर्वाचनकाे पक्षमा धमाधम हस्ताक्षर अभियान


विराटनगर । नेकपा एमालेनिकट पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी नेपालको जारी १० औं महाधिवेशन लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियात सुरु भएको छ ।
आइतबार कोशी प्रदेश राजधानी विराटनगरमा उद्घाटनपछि बन्दसत्र सुरु हुनुअघि सहभागी प्रतिनिधिहरुले नेतृत्व चयनका लागि चुनाव हुनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाएका हुन् ।
सर्वसम्मतका नाममा केही नेताहरुको नाम जोडेर चौतारीका केही नेताहरुले आफूलाई उम्मेदवार खडा गरिसकेपछि असन्तुष्ट भएका प्रतिनिधिहरुले नेतृत्व चयनको जिम्मा हललाई छोड्नुपर्ने भन्दै महाधिवेशन स्थलमा ब्यानर टाँगेर हस्ताक्षर अभियान थालेका हुन् ।
पार्टीको निर्णय भन्दै केन्द्रीय कमिटीको नाम टाँस्ने केही नेताहरुले बताइरहेका बेला उपस्थित प्रतिनिधिहरुले त्यसलाई स्वीकार नगर्ने र लोकतान्त्रिक विधिबाट नै सार्वभौम प्रतिनिधिको स्वविवेकमार्फत नेतृत्व छान्न पाउनुपर्ने भन्दै अभियान चलाएका हुन् ।
चौतारीको अध्यक्षका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घाेषणा गरेका छन् ।
मति भ्रस्टहरु हो सुन :
===============
१. ठुला नेताले टिका लगाएर नेतृत्व चुन्ने लाइनमा लागेउ भने : आफु जस्तै नालायकहरुको झुण्ड तयार हुने छ : अहिले जुन हबिगत भएको छ त्यो भन्दा १० गुना तल झर्ने छौ !!
२. याद राख ख्याल गर : मान्छे को स्वरुप मात्र भएर हुन्न बिबेक चाहिन्छ मान्छे बन्नलाई सक्ष्यम ब्येक्तिले सरन खोज्दैन र छायाँमा बसेर ‘लुते कुकुर’ जस्तो भुक्दैन : मान्छेको बीचमा स्थान बनाउँछ !!!
३. हजारौं सभ्य, सालिन, र सक्ष्यम योद्दा छन् : आफ्नु नालायकीलाई सामर्थ्य, चलाखी, चतुर्र्यायीं र योग्यता सम्झेर इनको बाटो छेक्न नखोज : त्यो भन्दा ठुलो भ्रस्ट मनोवृत्ति बाट संगठन, समाज र देशको उन्नति हुने कुरा र त्यो बाटो रोक्न नखोज : सुन को को छौ त्यो कुबाटोमा र छोड गर्न कर्तुत !!!