अस्कल स्ववियू- कुन प्यानलको कति मत ? अनेरास्ववियुले क्रान्तिकारीबाट खोस्यो विरासत


काठमाडौं । विज्ञान विषयको मुख्य क्याम्पसको रुपमा रहेको अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियुले क्रान्तिकारीलाई पराजित गर्दै आफ्नो विरासतमा पुनरागमन गरेको छ ।
आइतबार भएको स्ववियू निर्वाचनको अन्तिम मतगणनामा अनेरास्वयुको प्यानलैले विजय हासिल गरेको छ । यसअघिको निर्वाचनमा क्रान्तिकारीले नेतृत्व जित्दा रुद्रहरी पोखरेल सचिवमा निर्वाचित भएका थिए ।
अहिले उनै पोखरेलले आफ्नो नेतृत्वसहित संगठनको विरासतलाई पुनरागमन गराएका छन् ।
विज्ञान विषयको ठूलो क्याम्पसको रुपमा रहेको अस्कलमा स्ववियू चुनाव जित्नुले विशेष अर्थ राख्ने गर्छ । अनेरास्ववियुको विरासतको रुपमा रहेको यस क्याम्पसमा २०५३ प्रदीप पौडेलले निर्वाचन जितेका थिए ।
त्यसपछि अनेरास्ववियुले निरन्तर जित्दै आएकोमा गत निर्वाचनमा क्रान्तिकारीले जितेको थियो ।
हालसम्म त्रिविका ४२ वटा आंगिक क्याम्पसमा निर्वाचन सकिएको छ । जसमध्ये नेविसंघले १५ वटा, अनेरास्ववियुले १३, अखिल क्रान्तिकारीले ८, स्वतन्त्रले ५ सभापति जितेका छन् भने एउटामा जसपानिकट विद्यार्थी निर्वाचित बनेका छन् ।
उपत्यकाभित्र नेपाल कमर्स क्याम्पस मीनभवन, महेन्द्र रत्न क्याम्पस, ललितकला र अस्कल गरी अनेरास्ववियुले नेतृत्व हासिल गरेको छ ।
त्यसैगरी, सबैभन्दा धेरै विद्यार्थी भएको पोखरा पीएन क्याम्पसको आज सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
असकल क्याम्पसमा कसले कति ल्याए मत ?
अनेरास्ववियु
सभापति – रुद्रहरी पोखरेल ६८९
सचिव – गोपाल शाही ६३५
कोषाध्यक्ष – विवेक कोइराला ७२७
नेविसंघ
सभापति – राजु लामिछाने १५७
सचिव – प्रशान्त भट्ट ३४३
कोषाध्यक्ष – सविता महर्जन २८८
अखिल क्रान्तिकारी
सभापति – बिश्राम शर्मा ३६३
सचिव – भोजराज खड्का२३२
कोषाध्यक्ष – अरुणा विश्वकर्मा २४८