संविधानको पक्षमा उभिने कांग्रेसको निर्णय, राजावादीको प्रदर्शनबारे के भन्यो ? (निर्णयसहित) – Nepal Press

संविधानको पक्षमा उभिने कांग्रेसको निर्णय, राजावादीको प्रदर्शनबारे के भन्यो ? (निर्णयसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले जनताका आवश्यकतालाई संविधानमार्फत नै सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको कार्यसम्पादन बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

उनले सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको बताउँदै यस व्यवस्थाप्रति आफूहरुले प्रतिवद्ध रहेको उल्लेख गरे ।

उनले राजासंस्थाका सम्बन्धमा भइरहेका प्रदर्शन आवश्यक नरहेको र आफूहरुले त्यसलाई उचित नठानेको पनि स्पष्ट पारे । ‘यसको पक्ष विपक्ष भन्दा पनि हामी संविधानप्रति प्रतिवद्ध छौं’, उनले भने ।

‘सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको हो’, महतले भने, ‘जनताद्वारा आएको यस व्यवस्थाप्रति हामी पूर्ण प्रतिवद्ध छौं । संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्त्वाकांक्षालाई सम्बोधन गर्न सकिन्छ ।’

यस्ता छन् कांग्रेसकाे निर्णय:


प्रतिक्रिया

One thought on “संविधानको पक्षमा उभिने कांग्रेसको निर्णय, राजावादीको प्रदर्शनबारे के भन्यो ? (निर्णयसहित)

  1. सरकार र एमालेले आफ्ना विरूद्व वजारमा फैलाईएका भ्रम, अफवाह, आरोपको नियमित रूपमा खण्डन गर्नुपर्छ । अन्यथा, आरोपमा सत्यता छ कि भन्ने भ्रम फैलिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर