लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगननिकट चम्लागाईं विजयी, अरू पदमा को ? (मतसहित)

२०८१ चैत ११ गते १२:४३

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।
चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको पार्टीका तर्फबाट निर्देशन समितिको संयोजक बनाइएको केन्द्रीय सदस्य मधु आचार्यले बताए।
उनका अनुसार अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेका छन्। अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन थापा निकटका हुन्।
यद्यपि, अध्यक्षका दुई उम्मेदवारले निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउँदै अहिले दिउँसोका पत्रकार सम्मेलन राखेका छन्।
प्रतिक्रिया