पृथ्वीनारायण क्याम्पसको पहिलो अपडेट: अनेरास्ववियुको अग्रता, कसको कति मत ? – Nepal Press

पृथ्वीनारायण क्याम्पसको पहिलो अपडेट: अनेरास्ववियुको अग्रता, कसको कति मत ?

काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणनामा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ ।

अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मतसहित अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् । उनलाई अहिलेसम्म १८ मत प्राप्त भएको छ । अखिल क्रान्तिकारीका नविन अधिकारीले ८ मत ल्याएका छन् ।

अहिलेसम्म १०० मतको गणना हुँदा यो परिणाम आएको हो ।

सचिवमा पनि अनेरास्ववियुका बिराट दुवाडी अगाडि छन् । उनले ५० मत ल्याउँदा नेविसंघका विवेक भट्टर्राइलाई १९ र क्रान्तिकारीका मिराज थापा मगरलाई ११ मत प्राप्त भएको छ ।

हेर्नुहोस् अन्य उम्मेदवारहरुले प्राप्त गरेका मत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर